दफा ४३
बीमा अभिकर्ताको इजाजतपत्र नबीकरण
(१) बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्नको लागि इजाजतपत्रको अवधि समाप्त हुनुअगावै बीमा अभिकर्ताले सम्बन्धित बीमकको सिफारिस सहित देहायका विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा पेस गर्नु पर्नेछ:-

(क) बीमा अभिकर्ता भई कार्य गरेको विवरण,

(ख) प्राधिकरणले निर्धारण गरे बमोजिमको प्रतिशतमा बीमालेख नवीकरण भएको प्रमाण।

(२) संस्थागत बीमा अभिकर्ताले इजाजतपत्र नवीकरणको लागि निवेदन पेस गर्दा कर चुक्ता भएको प्रमाण र नियम ६३ बमोजिम परीक्षा उत्तीर्ण गरेको व्यक्ति सम्बन्धित संस्थामा कार्यरत रहेको प्रमाण पेस गर्नु पर्नेछ।

(३) उपनियम (१) बमोजिम नवीकरणको लागि निवेदन दिँदा बीमा अभिकर्ताले अनुसूची-७ बमोजिमको: शुल्क बुझाएको निस्सा समेत पेस गर्नु पर्नेछ।

(४) ऐनको दफा ९४ को उपदफा (२) बमोजिम म्याद थपको लागि निवेदन दिएमा निवेदन दिने अवधि समाप्त भएको मितिले अनुसूची-७ मा उल्लेख भए बमोजिमको विलम्ब शुल्क तिरी नवीकरण गर्न सकिनेछ ।